सडक दुर्घटना राज्यले नै निम्त्याएको हत्या हो : रमेश खरेल


Deep Diamond

काठमाडौं, माघ १३ गते ।

पूर्व डिआइजी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रमेश खरेलले सडक जस्ता क्षेत्रमा वर्षौंदेखि भइरहेको भ्रष्टाचार राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै खरेलले संविधानमा नागरिकको सहज, सहज र समानरूपमा यातायातको पहुँच सुनिश्चित गर्ने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको बताए ।

सडक दुर्घटनामा दैनिक मानिसले ज्यान गुमाइरहेको बताउँदै उनले वर्षभरिको तथ्यांक निकाल्ने हो भने अवस्था भयावह हुने बताए । उनले सडक दुर्घटना राज्यले नै गरेको हत्या भएको आरोप लगाए ।

सडक दुर्घटनामा दिनकै मानिसले ज्यान गुमाइरहेका छन् । वर्षभरको तथ्यांक लिने हो भने अवस्था भयावह रहेको खरेलले लेखेका छन् । ‘संविधानमा नागरिकको सहज, सरल र समान यातायात सुविधाको पहुँच सुनिश्चित गर्ने व्यवस्था भए पनि फिटिक्कै कार्यान्वयन हुन सकेको छैन ।
‘चालकको लापरवाही, सडक र सवारी साधनको अवस्थाले सधैं दुःख खेपिरहेको छ । खरेलले भनेका छन् ुयस्तो गम्भीर क्षेत्रमा पनि वर्षौँदेखि भ्रष्टाचार हुनु राष्ट्रिय लज्जा हो । त्यसमाथि अवैध लाइसेन्स वितरणले झनै गम्भीर समस्या निम्त्याएको छ । सडक दुर्घटना राज्यले नै गरेको हत्या हो।

श्रोत इ कागज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको