झापा, माघ १३ गते ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाको नेतृत्वमा झापादेखि समुदायसम्म काँग्रेस संवाद अभियान सुरु भएको छ । शनिबार उनले भद्रपुरको हुलाकी राजमार्ग प्रवेश नाकाबाट संवाद यात्राको आरम्भ गरेका हुन् ।
‘सामुदायिक काँग्रेस’ अभियानको शुभारम्भमा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी छन् ।
मेचीपुलमा महामन्त्री थापालाई पार्टीको झण्डा हस्तान्तरण गरी बिदाइ गरिएको थियो ।
पार्टीका कार्यकर्ता र जनताबाट गुनासो र सुझाव लिन संवाद यात्रा शुरु गरिएको थापाले बताए । उनले संवाद यात्रा नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासँग मात्र नभई आम नागरिकसँग पनि प्रत्यक्ष संवाद हुने बताए ।
उनले झापाका कुन्जीबारी, खजुरागाछी, चौकीघाट लगायत क्षेत्रमा सम्बोधन गर्नेछन् ।
माघ २६ गते महाकालीको कञ्चनपुर पुगेर सम्पन्न हुने यात्राका क्रममा हुलाकी राजमार्गका २० भन्दा बढी जिल्लामा सर्वसाधारणलाई प्रत्यक्ष भेटेर सुझाव समेत संकलन गरिने छ ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगन भावी प्रधानमन्त्री भएको बताउँदै भने, ‘हाम्रो पुस्ताबाट गगन थापा प्रधानमन्त्री हुने हो।
मुख्यमन्त्री थापाले आम नागरिकको सुख–दुःख सुन्न संवाद यात्रा सुरु गरेको बताए ।
‘देशभरका श्रमिक, किसान, रोजगारी, बेरोजगार युवा, महिला, जेष्ठ नागरिकको कुरा सुन्ने छु,’ थापाले भने । उनले आफ्नो यात्राले कांग्रेसको रुपान्तरणमा टेवा पुग्ने बताए ।
श्रोत कान्तिपुर