
काठमाडौं, माघ १२ गते।
फास्ट बलर आकाश चन्दको घातक बलिङको मद्दतमा अफगानिस्तानले नेपाललाई आईसीसी यू–१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न १४६ रनको मध्यम लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाको बफेलो पार्क, पूर्वी लन्डनमा टस जितेर अफगानिस्तानले पहिले ब्याटिङ रोजेको थियो र ४०.१ ओभरमा १४५ रनमा अलआउट भयो। अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ३७ रन बनाए ।
एक बिन्दुमा अफगानिस्तानले २०.३ ओभरमा ८८(८ पुगेको थियो । नवौं विकेटका लागि फरिदुन डावुड्जाई र कप्तान नासिर खानले ५५ रनको साझेदारी गर्दै १५० रनको साझेदारी गरेका थिए । ८३ बलमा ३ चौका प्रहार गर्दै ३१ रन बनाएर नासिर खानलाई दिपेश कँडेलले कट एण्ड बोल्ड गरे । फरिदुन ६५ बलमा ४ चौका प्रहार गर्दै २९ रन बनाएर आउट भए ।
एक पटक ४३–६ को स्थितिमा पुगेको टोलीको सानो आशा जोगाउन उनले तल्लोक्रममा आक्रामक क्रिकेट खेलेका थिए । फास्ट बलर गुलशन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नउमान शाहलाई दीपक डुम्रेको हातमा क्याच आउट गराएर नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि नेपालका अर्का तीब्र बलर आकाश चन्दले पाँच विकेट लिएर खेलमा वर्चस्व कायम गरे ।
दोस्रो ओभरको तेस्रो बलमा आकाश चन्दको बलमा किनारा लिएर खालिद टनिवाल विकेटकिपर विपिन रावलको हातमा क्याच आउट भए । जाश्मिद जाद्रान ३ रनमा आउट भए । जाश्मिदले गत डिसेम्बरमा यू–१९ एसिया कपमा नेपालविरुद्ध १०६ रनको शतकीय पारी खेलेका थिए ।
त्यसपछि सोहिल खान ४ र अली अहमद ० रन बनाएर आउट गर्दै ३४–५ को दयनीय अवस्थामा र्पुयाएका थिए । २० रन बनाएका हसन इशाखिललाई आकाशले दिपेशको हातमा कैच गराए । उनले ३५ बलमा ४ चौका प्रहार गरे ।
नेपालका आकाश चन्दले ८ ओभरमा ३४ रन दिएर ५ विकेट लिए । दिपेश कँडेलले ८ ओभरमा १७ रन दिएर १ मेडनसहित २ विकेट लिए ।
गुलशन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन दिएर १ विकेट लिए । सुवास भण्डारीले ८।१ ओभरमा १ मेडनसहित १५ रन दिएर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन दिएर १ विकेट लिए ।
श्रोत onlinekhabar