सन्तोषीले म्याराथनमा डेब्यु खेलमै जितिन् कीर्तिमानसहित स्वर्ण


काठमाडौँ, माघ १२ गते ।

बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । उनले निर्धारित दुरी २ घण्टा ४६ मिनेट २२ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

यसअघि उनले नेपालकी पुष्पा भण्डारीको नाममा रहेको २ घण्टा ४८ मिनेट ०२ सेकेण्डको कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाएकी छिन् । यो प्रतियोगिता यसअघि मिडल दुरीमा दौडिएकी सन्तोषीको डेब्यु म्याराथन हो ।

सन्तोषी ४ वर्षअघि काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) एथलेटिक्स १० हजार मिटर दौडमा स्वर्ण जितेकी हुन् ।

बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा पुष्पा भण्डारी दोस्रो भएकी छन् । उनले २ घण्टा ४९ मिनेट ३४ सेकेण्डको समय पूरा गरिन् । उनी ढाका म्याराथनको पछिल्लो संस्करणको स्वर्ण विजेता हुन्।

त्यस्तै पुरुषतर्फ स्पर्धामा खडगबहादुर खड्का तेस्रो भए । उनले २ घन्टा १८ मिनेट ३२ सेकेन्डमा समय पूरा गरे ।

महिलातर्फ विन्द्राधन्के श्रेष्ठ पाँचौं स्थानमा रहिन् । उनले ३ घण्टा ४ मिनेट लगाएकी थिइन् ।

नेपालका ७ खेलाडीमा ३ पुरुष र ४ महिला भाग लिएकोमा २ महिलातर्फ र १ पुरुषतर्फ पदक जितेका हुन् ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको