काठमाडौं, माघ १० गते ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकीविरुद्ध मधेस प्रदेशका विकेटकिपर अनिलकुमार शाहले उत्कृष्ट शतक प्रहार गरेका छन् ।
स्पिनर सन्दीप पराजुलीलाई ३१औं ओभरको चौथो बलमा चोभार एन्डको लङअनतर्फ एक रन बटुल्दै शतक पूरा गरेका हुन् । अनिलले १०४ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै १०० रन बनाए । उनलाई पवन सराफले ३२ रनको साथ दिए ।
राष्ट्रिय स्तरमा उनको यो पहिलो शतक हो । सन् २०१८ मा नेपाली टोलीमा डेब्यु गरेका अनिल २०२२ पछि नेपाली टोलीमा छैनन् । यस शतकले उनलाई टोलीमा फर्किन निकै राहत मिल्नेछ । उनले नेपालका लागि ४ ओडिआई खेलेका छन् ।
उनले २०१८ मा नेपाल एपीएफ क्लबबाट खेलेका थिए । त्यसपछि २०२१ सम्म पुलिसबाट खेले। पुलिसलाई छाडेर मधेस फर्किएका थिए । पुलिसमा पर्याप्त खेल्ने मौका नपाएपछि उनी मधेस फर्कने मौका पाएका थिए । मधेसबाट सानदारले राम्रो प्रदर्शन गरेका छन् ।
उनी पीएम कपमा शतक बनाउने मधेसका दोस्रो खेलाडी हुन् । यसअघि यस प्रतियोगितामा मायन यादवले सुदूरपश्चिमविरुद्ध शतक बनाएका थिए । २०१७ को पीएमकपमा, हासिम अन्सारीले पनि तत्कालीन मध्यमञ्चलबाट शतक हानेका थिए । तर, राज्य संरचना गएपछि यसअघिको संस्करणमा मधेसबाट शतक हुन सकेको छैन ।
उनले टी–युमा सुदूरपश्चिमविरुद्ध ६९ रन बनाएपनि शतक बनाउने अवसर गुमाएका थिए । टी(यु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेसले ३१ ओभरमा २ विकेट गुमाएर १६७ रन बनाएको थियो ।
श्रोत सेतोपाटी











