जनकपुर बन्द गर्न र्‍यालीमा उत्रिएका आम जनता पार्टीका ६६ कार्यकर्ता पक्राउ


जनकपुरधाम, माघ १० गते ।

जनकपुरमा बजार बन्द गराउने आम जनता पार्टीका ६६ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई जनकपुरका विभिन्न चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन आवाले सेतोपाटीलाई जानकारी दिए ।

पक्राउ पर्नेमा ३६ पुरुष र ३० महिला रहेको उनले जानकारी दिए ।

‘सवारी आवागमनमा अवरोध गर्ने, अवरुद्ध गर्ने, सवारी साधनमा ढुंगामुढा प्रहार गर्ने र अराजक गतिविधि गर्नेलाई हामीले पक्राउ गरेका छौं,’ उनले भने ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै आजपाले बिहीबार बन्द आह्वान गरेको छ ।

लघुवित्त र सहकारीबाट लिएको ऋण मिनाहा गर्न, लिएको बैंकहरूले मनमानी ब्याज फिर्ता गर्नुपर्ने र सर्वसाधारणलाई सहज रुपमा ऋण उपलब्ध गराउनुपर्ने माग राख्दै आजपाले बन्द गरेको हो ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी श्याम महतोले बन्दको कुनै असर नपरेको बताए ।

श्रोत सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको