सार्वजनिक ऋणको आकार पुग्यो २३ खर्ब ८४ अर्ब


काठमाडौं, माघ ८ गते ।

देशको सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पुस मसान्तसम्ममा भुक्तान बाँकी रहेको सार्वजनिक ऋणको सावाँ ब्याज गरी कुल २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ बक्यौता रहेको छ ।

अघिल्लो मङ्सिर मसान्तसम्म यस ऋणको बक्यौता ब्याज २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ थियो । पछिल्लो एक महिनामा १३ अर्ब २२ करोड ६५ लाख रुपैयाँ कर्जा तिर्नुपर्ने दायित्व बढेको छ ।

तर, समीक्षा अवधिमा आन्तरिक तथा बाह्य गरी कुल १ खर्ब ३१ अर्ब २८ करोड २ लाख रुपैयाँ ऋण प्राप्त भएको र कर्जाको ब्याज ९१ अर्ब ७६ करोड २३ लाख रुपैयाँ ऋणको सावाँ ब्याज भुक्तान गरिएको समेत कार्यालयले जनाएको छ ।

पुस मसान्तसम्ममा भुक्तान गरेर तिर्न बाँकी रहेको ऋणमध्ये आन्तरिकतर्फको हिस्सा ५०.५ प्रतिशत रहेको छ भने बाह्य ऋणको हिस्सा ४९।५ प्रतिशतको रहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दिएको तथ्याङ्क अनुसार पुस मसान्तसम्म ७० अर्ब ५६ करोड ३९ लाख रुपैयाँ स्वदेशी कर्जाको ब्याज भुक्तानी भएको छ ।

भुक्तानीपछि हाल आन्तरिक ऋण ११ खर्ब ९७ अर्ब ५७ करोड २२ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । त्यसैगरी समीक्षा अवधिमा सरकारले बाह्य पक्षलाई २१ अर्ब १९ करोड ८४ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको छ भने सरकारले ११ अर्ब ७३ करोड ६८ करोड ७३ लाख रुपैयाँ तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

तथापि, वैदेशिक ऋणतर्फको हिसाबकिताब आर्थिक वर्ष २०८०र८१ को विनिमय दरको प्रभावलाई गणना नगरिएको कार्यालयले जनाएको छ । यसमा ऋण रकम खातामा प्राप्ति भएको तर कार्यालयमा पत्र प्राप्त नभएको कारण कतिपय प्राप्ति रकमसमेत फरक पर्न सक्ने ऋण व्यवस्थापन कार्यालयले जनाएको छ

गत महिना आन्तरिकतर्फ १ खर्ब ११ अर्ब ३१ करोड रुपैयाँ र बाह्य पक्षबाट १९ अर्ब ९७ करोड रुपैयाँ ऋण लिइएको कार्यालयले जनाएको छ ।

समीक्षा अवधिको कुल चुक्ता नगरिएको सार्वजनिक ऋणको आकार वार्षिक बजेटभन्दा १.३६ गुणा बढी अर्थात् ६ खर्ब ३३ अर्ब १७ करोड ३९ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको अनुमानित कुल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ रहेको छ ।

श्रोत रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको