अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै


अयोध्या, माघ ८ गते ।

भारतको अयोध्यामा बनाइएको राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ । दिउँसो १२ः२० बजेबाट सुरु हुने भव्य अनुष्ठानमा प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी छन् ।

उद्घाटनपछि प्रधानमन्त्री नरेन्द्र मोदीले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । राम मन्दिर मंगलबारदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राम मन्दिरको जीवन र प्रतिष्ठालाई भव्य बनाउन कुनै कमि कम्जोरी बाँकी राखेका छैनन् । अयोध्याका सडक, सार्वजनिक स्थल आदिलाई विशेष ढंगले सजाइएको छ । प्राण प्रतिष्ठाको अवसरमा आज केन्द्रीय सरकारी कर्मचारीलाई पनि आज बिदा दिइएको छ ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको