यू-१९ विश्वकप : नेपाललाई न्यूजिल्याण्डले दियो ३०३ रनको लक्ष्य


काठमाडौं, माघ ७ गते ।

आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा न्यूजिल्याण्डले नेपाललाई ३०३ रनको लक्ष्य दिएको छ ।

आइतबार दक्षिण अफ्रिकामा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले स्नेहिथ रेडीको शतकमा ८ विकेट गुमाएर ३०२ रन बनायो ।

रेडीले नटआउट १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै अविजित १४७ रन बनाए ।

कप्तान ओस्कर ज्याक्सनले पनि राम्रो ब्याटिङ गरे । ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ७५ रन जोडे ।

उनले ४१.५ ओभरमा आउट हुनुअघि रेडीसँग चौथो विकेटका लागि १५७ रनको साझेदारी गरे। चौथो विकेटका रुपमा ज्याक्सनलाई आउट गर्ने क्रममा नेपालका आकाश त्रिपाठीले बलिङ गरे ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले १४.३ ओभरमा ३ विकेट गुमाएर ६७ रन बनाएको थियो । रेडी र ज्याक्सनको साझेदारीले न्यूजिल्याण्डलाई ठूलो स्कोरमा पुर्यायो।

ज्याक्सन आउट भएपछि अर्को ओभरमा नेपालका गुल्सन झाले दुई बलमा दुई विकेट लिए । ४३ औं ओभरको दोस्रो बलमा गुल्सन झाले स्ट्याकपोललाई शून्यमा विकेट लिए । अर्को बलमा झाले ज्याक कमिन्सलाई शून्यमै विकेट लिए।

त्यस्तै ४८ औं ओभरमा १३ रन जोड्दा एलेक्स थमसनलाई सुवास भण्डारीले बोल्ड गरेका थिए ।

पावरप्लेको पहिलो १० ओभरमा कुनै विकेट नगुमाएका न्यूजिल्याण्डविरुद्ध नेपालले पावरप्लेपछि पाँच ओभरमा तीन विकेट लिएको थियो ।

नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाए । उनले न्युजिल्याण्डका ओपनिङ ब्याट्सम्यान ल्यूक वाट्सनलाई १०.१ ओभरमा बोल्ड गरे । वाटसनले २५ बलमा २ चौका प्रहार गर्दा १४ रन बनाए ।

नेपालले १३.५ ओभरमा दोस्रो विकेट लिएको थियो । नेपालका तिलकराज भण्डारीले न्युजिल्याण्डका ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड गरेका थिए । जोन्सले ४५ बलमा ५ चौका प्रहार गरे ।

नेपालका लागि स्पिनर दिपेश कँडेलले १४.३ ओभरमा तेस्रो विकेट लिए । उनले न्युजिल्यान्डका ओलिभर टेवाटियालाई विकेटका लागि विकेटकिपरले क्याच दिएका थिए।

बलिङमा नेपालका सुवास भण्डारीले ३ विकेट लिए । यस्तै गुलसन झाले २ विकेट आफ्नो नाममा लिए ।

दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले १–१ विकेट लिए ।

श्रोत सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको