रुस नेपालीलाई फिर्ता गर्ने सक्ने अवस्थामा छैन : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, माघ ७ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउने पहल भए पनि रुस सरकारले तत्काल स्वीकार गर्ने अवस्थामा नरहेको बताएका छन् ।

युगाण्डाबाट आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा भर्ना भएकाहरुलाई फिर्ता गराउन सरकारले गम्भीर पहल गरिरहेको बताएका छन् । आफू र परराष्ट्रमन्त्रीले कूटनीतिक पहल जारी राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘रुस–युक्रेन युद्धमा छ। अहिले सरकारले भन्दावित्तिकै
रुस सरकार तत्काल मान्दिहाल्ने अवस्थामा छैन ।

प्रधानमन्त्री प्रचण्डले युगाण्डा भ्रमणका क्रममा आफूले रुसका उपविदेशमन्त्रीलाई नेपालीलाई स्वदेश फर्काउन आग्रह गरेको जानकारी दिए ।

उनले गैरकानूनी रुपमा विदेशी सेनामा भर्ती हुन नहुने भन्दै जनचेतना फैलाउन सञ्चारमाध्यमलाई आग्रह समेत गरे । मिडियाहरुले जनतामा चेतना फैलाउनु पर्यो । ‘हामीले जहाँ पायो त्यहीँ सेनामा भर्ना हुने, अझ कुनै पनि हालतमा बाटो छलेर जानु हुँदैन भन्ने जनचेतना फैलाउनु पर्यो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको