सरकार देशलाई वृद्धाश्रम बनाउने दिशामा छैन : गृहमन्त्री श्रेष्ठ


काठमाडौं, माघ ४ गते।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवा र श्रमिकलाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने दिशामा सरकार कहिल्यै नलाग्ने बताउनुभएको छ । इपानको २४औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रेष्ठले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।

उहाँले बिगतका कमजोरीलाई सच्याउँदै आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको लक्ष्यमा सरकार अघि बढिरहेको बताउनुभयो । व्यापार घाटा घटाउने र देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउने मुख्य क्षेत्र जलविद्युत भएकाले सरकारको मुख्य प्राथमिकता रहेको उहाँले बताउनुभयो । उनले मुलुकमा विद्युत् खपत बढाउनुपर्ने र बाँकी रहेको विद्युत बिक्री गरेर सरकारले व्यापार घाटा कम गर्न लागेको बताए ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले वर्षायाम र सुख्खायामबीचको ऊर्जा उत्पादनको खाडल घटाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले निर्माणाधीन आयोजनालाई जतिसक्दो चाँडो सम्पन्न गर्ने वातावरण बनाउनुपर्ने र जलस्रोत भएका आयोजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको साझेदारीमा मात्रै समृद्ध नेपाल निर्माणको लक्ष्य पूरा हुने उहाँले बताउनुभयो ।

श्रोत अन्नपुर्ण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको