बर्दीबासमा भलिबल मेयर कप सुरु


बर्दीबास, माघ २ गते ।

महोत्तरीको बर्दिवासमा दोस्रो मेयर खुला पुरुष नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ । मंगलबार चल्की विजलपुरामा भएको उद्घाटन खेलमा घरेलु टोली विजलपुराले किसाननगरलाई २–१ को सेटमा पराजित गर्दै विजयी भएको हो ।

प्रतियोगितामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका २१ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट स्पाइकर ब्लकर, सेटर र सर्भरलाई पनि ३३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

श्रोत gorkhapatra


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको