बेलुन फुलाउने ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते


झापा, माघ २ गते ।

झापाको एक विद्यालयमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन् ।

बिर्तामोड नगरपालिका वडा नं ७ राधाकृष्ण टोलमा रहेको बेल्स मोडल इङ्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा सोमबार बिहान १०ः३० बजे हाइड्रोजन ग्यास सिलिण्डर पड्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिनुभयो ।

उहाँको अनुसार ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन् । विद्यालयमा खेलकुद दिवसको अवसरमा कार्यक्रम गरिएको थियो । त्यसका लागि बेलुन फुलाउन हाइड्रोजन ग्यास सिलिन्डर ल्याइएको थियो ।

बेलुन फुलाउँदै गर्दा एक्कासी सिलिण्डर पड्किएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो । सिलिण्डर पड्किँदा सिलगुढी डेकोरेशन अर्गनाइजेसनमा कार्यरत भारतीय नागरिक ५४ वर्षीय गणेश साहनी गम्भीर घाइते भएका छन् । उनको दाहिने खुट्टा भाँचिएको छ । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल लगिएको छ ।

कक्षा ९ मा अध्ययनरत बिर्तामोड–७ की १५ वर्षीया कुसुम तामाङको सिलिण्डर पड्कँदाको ठूलो आवाजका कारण कानमा समस्या भएको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको छ । उनको अवस्था सामान्य रहेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।

श्रोत setopati


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको