जनकपुरधाम, माघ २ गते ।
भंगहा–जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खुट्टापिपराढीका लगभग ५० वर्षीय राम एकवाल पण्डित रहेको धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन आवाले जानकारी दिनुभयो ।
उहाँको अनुसार पण्डित आज बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर जाने रेलमा लोहारपट्टीमा चढेका थिए ।
टिटी (रेलको कन्डक्टर)ले टिकट जाँच गर्न गएको बेला अचानक रेलको डिब्बाभित्रै लडेर मृत्यु भएको डीएसपी आवाले बताउनुभयो ।
श्रोत onlinekhabar











