जनकपुरधाम, माघ २ गते ।
धनुषामा सोमबार मृत फेला परेकी महोत्तरी लोहारपट्टी नगरपालिका–३ महदैयाकी २२ वर्षीया राधे साहनीकी श्रीमतीको पनि मृत्यु भएको छ ।
गम्भीर घाइते भएकी २० वर्षीया अस्मिता शर्माको प्रादेशिक अस्पतालमा उपचारका क्रममा सोमबार राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिनुभयो ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पाकडियामा सोमबार बिहान सडक छेउको गहुँ खेतमा राधे मृत फेला परेकी हुन् ।
चार महिनाअघि धारे र पाकडियाकी अस्मिताको विवाह भएको थियो । विवाहपछि दुवै जना क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा बस्दै आएका थिए ।
प्रहरी निरीक्षक कार्कीको अनुसार सोमबार राति करिब १० बजे केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्नद्रनगर डेरामा जाँदै थिए ।
ज५प ७८०० नं को मोटरसाइकलमा श्रीमती अस्मितसँगै जाँदै गरेका राधेबिहानी ससुरा घरबाट करिब डेढ किलोमिटरको दुरीमा मृत फेला परेका थिए ।
मोटरसाइकल दुर्घटनाका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । घाइते अस्मितलाई तीन साथीले अर्को मोटरसाइकलमा माटिती लगेका थिए ।
ससुराले अस्मितालाई उपचारका लागि प्रादेशिक अस्पताल लगेर भर्ना गरेका थिए । माइतमा अस्मित घाइते भएकी थिइन् र त्यस्तो अवस्थामा छाडेर उनका साथीहरू भागेका थिए । श्रीमान् राधेले नै अस्मितालाई मरासन्न हुने गरी कुटपिट गरेर भागेको अनुमानसहित घरपरिवारले हामीलाई खबर गरेपछि रातभर हामीले खोजबिन गयार्ंै । बिहान त राधे नै गहुँ खेतमा मृत भेटियो,’ प्रहरी निरीक्षक कार्कीले भन्नुभयो ।
मृत भेटिएको ठाउँमा त्यहाँ मोटरसाइकल दुर्घटना भएको जस्तो देखिएको थियो । तर, दुर्घनामा परेको मोटरसाइकल लिएर सँगै पुगेका युवकहरु अस्मितालाई माइत पुर्याएर भागेको पाइएको छ ।
सोमबार दिउँसो फरार तीनै युवालाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको छ ।
राधेले चलाउँदै गर्दा दुर्घटना भएको मोटरसाइकल अर्कै साथीको रहेको खुलेको छ ।
राधेले अत्याधिक रक्सी पिएर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
श्रोत onlinekhabar











