काठमाडौं, माघ १ गते ।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीका कप्तान विनोद भण्डारीले मधेस प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् ।
योसँगै उनले घरेलु मैदानमा चौथो राष्ट्रिय प्रतियोगितामा दोस्रो शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्दै आर्मीका लागि चौथो अर्डरमा आएका विनोदले ८९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् ।
उनले २०२१ को प्रधानमन्त्री कपमा पहिलो शतक बनाएका थिए । दीपेन्द्र सिंह ऐरीपछि प्रधानमन्त्री कपमा दोस्रो शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । उनले २०२१ मेयर कपमा पनि शतक बनाएका थिए।
श्रोत onlinekhabar











