काठमाडौं, माघ १ गते ।
आज माघे संक्रान्ति पर्व मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ लाई मकर संक्रान्ति भनिन्छ।
थारु र मगर समुदायले माघ १ गतेलाई विशेष हर्षोल्लासका साथ मनाउँछन् । उनीहरुले आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डलगायत विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरिएको छ ।
थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । थारु समुदायले माघ १ गतेदेखि गाउँपालिकाको नयाँ नेतृत्व चयन गर्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने आदि काम गर्छ ।
माघ १ गतेबाट उत्तरायण सुरु भएसँगै दिन र रात छोटो हुँदै जान्छ । उत्तरायण प्रारम्भ भएको दिन स्नान, जप, तपस्या, तपस्या, दान आदि पुण्यपूर्ण मानिन्छ । त्यसैले यस दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गर्दछ । आज पनि यी ठाउँमा मेला लाग्छन् ।
माघ १ लाई तराईवासीले नाहन पर्वका रुपमा मनाउने गर्छन् । वर्षैभर नुहाउने वातावरण नभएका तराईका बासिन्दा पनि आज नुहाउन अनिवार्य भएको विश्वास गर्छन् ।
बिहान कुनै धार्मिकस्थलमा गएर नुहाएर तिल दान गर्दा सुन दान गरे जस्तै पुण्य मिल्ने धार्मिक विश्वास छ । आजको दिन स्नान, दान, व्रत र तपस्या गर्ने व्यक्तिले पुण्य प्राप्त गर्नुका साथै मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।
माघे संक्रान्तिको दिन घिउ, चाकु, तिलका परिकार, तरुल, पालक, खिचडी आदि खाने चलन छ ।
श्रोत onlinekhabar