प्रधानमन्त्री कपमा दोस्रो शतक बनाउने खेलाडी एपीएफका सन्दीप जोरा


काठमाडौं, पुस २९ गते ।

प्रधानमन्त्री कप क्रिकेटमा नेपाल एपीएफ क्लबका सन्दीप जोराले शतक बनाएका छन् ।

उनले आइतबार युनिभर्सिटी क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्धको खेलमा १०३ बलमा १०१ रन बनाएका थिए । उनले ५ छक्का र ६ चौकाको मद्दतले शतक बनाए ।

टस जितेर बागमतीले फिल्डिङ रोजे पछि एपीएफले ब्याटिङ गरेको थियो । सुरुमा ४१ रन बनाएर ५ विकेट गुमाउने एपीएफका लागि पाँचौं नम्बरमा आएका सन्दीपले लोकेश बमसँग ६१ रनको अर्धशतक साझेदारी गर्दै एपीएफलाई १०७ रनमा पुर्‍याएका थिए ।

त्यसैगरी भुवन कार्की र अमर रौतेलासँग साझेदारी गर्दै एपीएफलाई २०० भन्दा बढीको स्कोरमा पुर्याए । सन्दीपले शतक प्रहार गर्दा ४६ ओभरमा ८ विकेट गुमाउँदै एपीएफले २१६ रन बनाएको छ । सन्दीप यस वर्षको प्रधानमन्त्री कप क्रिकेटमा शतक बनाउने दोस्रो खेलाडी हुन् । शनिबार नेपाल पुलिसका राशिद खानले पनि शतक बनाएका थिए ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको