काठमाडौं, पुस २९ गते ।
चर्चित शास्त्रीय गायिका प्रभा अत्रेको निधन भएको छ । उनी ९२ वर्षको उमेरमा शनिबार निधन भएको हो ।
शनिबार बिहान प्रभाको हृदयघात भएको थियो । उनलाई पुणेको अस्पतालमा लगिएको थियो । तर उनको पहिले नै मृत्यु भइसकेको थियो ।
प्रभा ठुमरी, दादरा, गजल, गीत जस्ता धेरै संगीत शैलीमा निपुण थिइन् । प्रभा अत्रेलाई पद्मश्री, पद्मभूषण र पद्मविभूषणबाट सम्मानित गरिएको थियो ।
श्रोत हाम्रा कुरा









