घरेलु टोली आइभरी कोस्टको विजयीको सुरुवात


काठमाडौं, पुस २९ गते ।

गिनी–बिसाउलाई २–० ले पराजित गर्दै घरेलु टोली आइभरी कोस्टले अफ्रिका कप अफ नेसन्समा विजयी सुरुवात गरेको छ ।

एबिम्पेको ओलम्पिक रंगशालामा शनिबार राति भएको खेलमा सेका फोफाना र जेनी फिलिप क्रास्सोले गोल गर्दै घरेलु टोलीलाई जित दिलाए ।

खेलको चौथो मिनेटमा फोफानाले गोल गर्दै आइभरी कोस्टले अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको आइभोरी कोस्टले दोस्रो हाफमा एक गोल थप्यो । ५८औं मिनेटमा क्रासोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

जितसँगै आइभरी कोस्ट तीन अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । हारबाट प्रतियोगिता सुरु गरेको गिनी बिसाउ तालिकाको पुछारमा छ । यो समूहमा एक्वाटोरियल गिनी र नाइजेरियासँगै आइभोरी कोस्ट र गिनी बिसाउ समावेश छन् ।

श्रोत १२ खरी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको