पुस २८ गते ।
संखुवासभाको सभापोखरी गाउँपालिका–१ लेब्राङका क्यान्सरबाट पीडित एक पुरुषलाई उपचारका लागि रु दुई लाख ७० हजार आर्थिक सहयोग गरिएको छ ।
फेसबुक क्याम्पेन मार्फत अमेरिकामा जम्मा भएको रकम ३५ वर्षीय क्यान्सर पीडित उमेश श्रेष्ठलाई प्रदान गरिएको हो । खाँदबारी नगरपालिका–११ निवासी तथा हाल अमेरिकाको वासिङ्टनमा बस्दै आएकी लीला श्रेष्ठले ५२ जना नेपालीबाट संकलन भएको रकम श्रेष्ठको उपचारका लागि उपलब्ध गराएको बताउनुभयो ।
उहाँले फेसबुक क्याम्पेन मार्फत अमेरिकामा उठेको रकम जनज्योति माविका पूर्व प्रधानाध्यापक होमबहादुर अधिकारीमार्फत क्यान्सरबाट पीडित श्रेष्ठको उपचारका लागि उपलब्ध गराएको बताउनुभयो ।
दश वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौला फेरि फेर्नुपर्ने भएपछि पीडित परिवारले आर्थिक अभावमा सहयोगको याचना गरेका छन् । पैसाको अभावमा क्यान्सरको उपचार गर्न नसकेका श्रेष्ठलाई सहयोग गर्न अभियान चलाएको उहाँले बताउनुभयो । क्यान्सरबाट पीडित श्रेष्ठलाई अहिले स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोग प्राप्त भइरहेको उहाँले बताउनुभयो।
श्रोत लोकान्तर











