महोत्तरीको झिङगाथान पछबारी टोलबाट लाखौंको धनमाल लुटपाट


२७ पुस, महोत्तरी

महोत्तरीको मनरा सिसवा नगरपालिका–७ झिङगाथान पछबारी टोलबाट गएराती लाखौंको धनमाल लुटपाट भएको छ ।

लुटेरा समूहको कुटपिटबाट घरका दुईजना महिला घाइते भएका छन् । बिहीबार राति घरेलु हतियारसहित पाँच जनाको सङ्ख्यामा आएका नकाबधारी समूहले बैजु साहको घरमा लुटपाट गरको हो । समूहले घरका दुई जना महिला र चार जना केटाकेटीलाई कोठाभित्र थुनेर लुटपाट गरेको पीडितका नातेदार रैजु साहले बताउनुभयो ।

आठ-नौ तोला बराबरका सुन चाँदीका गहना, नगद ५० हजार गरी करिब १० लाखभन्दा बढीको धनमाल लुटेको पीडितले जनाएका छन् । परिवारका तीन दाजुभाइ लामो समयदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएकाले महिला र नाबालक मात्र रहेको मौका पारी लुटपाट गरेको पीडित परिवारले बताउनु भयो ।

हिन्दी भाषा बोल्ने लुटेरा समूहकाे कुरा गराइले उनीहरु निकटवर्ती गाउँकै बासिन्दा हुन सक्ने पीडित परिवारको अनुमान छ । मनरा सिसवाका नगरप्रमुख मोहन पाण्डेले राति घटेको लुटपाटको घटनाले नगर क्षेत्रको सुरक्षामा प्रश्न खडा गरेको बताउनुभयो । जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक लोककृष्ण दाहालले घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको