राष्ट्रियसभामा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन बागमती प्रदेश समन्वय समिति गठन


काठमाडौं, पुस २७ गते ।

सत्तारुढ गठबन्धनले राष्ट्रियसभाका उम्मेदवारका लागि प्रदेशस्तरमा पनि निर्वाचन समन्वय समिति गठन गर्न थालेको छ ।

राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारलाई जिताउन सबै प्रदेश र जिल्लामा समन्वय समिति गठन गर्ने केन्द्रीय निर्णयअनुसार वाग्मतीमा समन्वय समिति गठन गरिएको छ ।

बागमतीमा तीन सदस्यीय समन्वय समिति गठन भएको छ । निर्वाचनलाई एकीकृत रुपमा गर्न कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा माओवादी केन्द्रका वाग्मती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र संयुक्त समाजवादी पार्टीकी प्रदेश सभापति सावित्रा भुसाल सदस्य छन् ।

प्रदेश सभा भित्रका सदस्यहरुको समन्वय गर्न अर्को समन्वय समिति गठन गरिएको छ । सो समितिको संयोजकत्व वाग्मती प्रदेशका मुख्यमन्त्री शैलकाराम जमकट्टेललाई दिइएको छ । समितिमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा र संयुक्त समाजवादी पार्टीका नेता कृष्ण खनाल थप सदस्यमा मनोनित भएका छन् ।

नगरपालिका महासंघ बागमती प्रदेश अध्यक्ष उपेन्द्र कार्कीलाई प्रदेशभित्रका नगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

वाग्मती प्रदेश अध्यक्ष कर्णबहादुर थापा मगरलाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको लागि संयोजकत्व दिइएको छ ।

श्रोत onlinekhabar

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको