
काठमाडौँ, पुस २६ गते ।
नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट फाउण्डेसनको आयोजनामा आगामी पुस २९ गतेदेखि नाथम हस्पिटालिटी कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।
स्वास्थ्य तथा खेलकुद तथा आईटी मिडिया क्लबको आयोजनामा गल्फफुटारमा क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा उपत्यकाका १६ वटा कलेजको सहभागिता रहने क्लबका अध्यक्ष रजतविक्रम कार्कीले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले ७० हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
श्रोत रासस