सुर्खेत, पुस २६ गते ।
सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विभागीय टोली आर्मीलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ ले पराजित गरेको हो । यसअघि समूह चरणको खेलमा गण्डकी आर्मी सोझो सेटमा ३–० ले पराजित भएको थियो ।
गण्डकीले पहिलो सेट २५–२२ अंकले जितेको थियो । दोस्रो सेट रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो। आर्मीले सेट २६–२४ अंकले जित्यो । तेस्रोमा गण्डकी २६–२४ अंकले विजयी भयो । गण्डकीका स्पाइकर रवि केसीले लगातार दुई अंक जोडेपछि खेल २४–२४ को बराबरीमा रोकिएपछि जित सहज भयो । चौथो सेटमा गण्डकीले पूर्णरुपमा नियन्त्रण गर्न सफल भयो । गण्डकीले सेट २५–२२ अंकले विजयी भयो ।
उपाधिका लागि आज दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । एपीएफले गण्डकीलाई र पुलिसले आर्मीलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश पक्का गरेको हुन् ।
श्रोत रासस











