काठमाडौं, पुस २४ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश जाँदा हुने खर्च नबढाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिनुभयको छ ।
श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारीले सरकारले विदेश जाने शुल्क बढाएको भन्दै आलोचना गरेपछि प्रधानमन्त्रीले शुल्क वृद्धिको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभयेको छ ।
मन्त्री, सचिव र अन्य सरकारी कर्मचारीसँगको छलफलमा प्रधानमन्त्रीले रोजगारीका लागि विदेश गएका नेपालीको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै उनीहरूलाई अतिरिक्त थप आर्थिक बोझ थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।
‘बृद्धि भएको भनिएको शुल्क श्रमिकबाट नलिने गरी कार्यान्वयनको व्यवस्था गर्नुहोस्’, प्रचण्डले भन्नुभयो । आन्तरिक वा वैदेशिक रोजगारीमा जाने कामदारलाई अतिरिक्त सेवा शुल्क लगायत थप आर्थिक भार पर्ने कुनै पनि काम गर्नु नपर्ने व्यवस्था गर्नुहोला ।
श्रोत onlinekhabar











