ब्याडमिन्टन खेलाडीलाई ललितपुर महानगरको सहयोग


काठमाडौँ, पुस २३ गते ।

ललितपुर महानगरपालिका र राष्ट्रिय खेलाडीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय खेलाडी रसिला महर्जन र प्रफुल्ल महर्जन र महानगरबीच ब्याडमिन्टनको विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

महानगर मेयर चिरिबाबु महर्जनले ब्याडमिन्टनको विकासका लागि यो सम्झौता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरु राष्ट्रिय खेलाडी हुन्नुहुन्छ, महानगरको सहयोगमा उहाँहरु ओलम्पिकसम्म पुर्याउने पुग्न हाम्रो लक्ष्य हो । आफूले सकेसम्म खेलकुद क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने काम गरिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘यो नयाँ अध्याय हो, सुरुवात हो, अन्त्य होइन ।

राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रफुल्ल महर्जनले यो कार्यक्रमले आफूलाई हौसला मिलेको बताउनुभयो । उहाले खेलकुदको माध्यमबाट देश र ललितपुर महानगरको प्रवद्र्धनका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

महानगर प्रमुख महाजनका सल्लाहकार पदमबहादुर श्रेष्ठले महानगरले गरेको कामको खुलेर प्रशंसा गर्नुभयो। उहाँले खेलाडीलाई महानगरले महत्वपूर्ण सहयोग गरेको दाबी गर्नुभयो । रशिला र प्रफुल्लले प्रादेशिक वा राष्ट्रिय प्रतियोगितामा महानगरले प्रयोग गर्ने लोगो प्रयोग गर्नुपर्ने समझदारीमा उल्लेख छ । महानगरभित्र रहेका मूर्त र अमूर्त सम्पदाको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुपर्ने महानगरले जनाएको छ ।

ललितपुर महानगरपालिकाले अनुरोध गर्दा ब्याडमिन्टन खेलको विकास र प्रवद्र्धनका लागि तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको छ । दुई वर्षसम्म यो काम गरेबापत महानगरपालिकाले दुई जनालाई वार्षिक २ लाख ५० हजार रुपैयाँ दिनेछ । कार्यक्रममा ब्याडमिन्टन संघ केन्द्रका धुब्र महर्जन लगायतको उपस्थिति रहेको थियो ।

श्रोत गोरखापत्र


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको