काठमाडौँ, पुस २३ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबार केन्द्रीय राजनीतिक समितिको बैठक आह्वान गरेको छ ।
यही माघ २५ र २६ गते ललितपुरको जैपु प्रज्ञा भवनमा बिहान ११ बजे बैठक बोलाइएको पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बैठकमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन र आगामी महाधिवेशनबारे छलफल हुनेछ ।
साथै बस्नेतले पार्टीका नेताहरुको कामको प्रगति प्रतिवेदन पेश गर्ने बताउनुभयो । उहाँका अनुसार यही माघ २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ ।
श्रोत रासस











