काठमाडौँ, पुस २२ गते ।
नुवाकोटको तादी गाउंपालिकामा विभिन्न ६ विद्यालयका ९०० विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । यसबाट ग्रामीण क्षेत्रका विद्यार्थीहरु निकै उत्साहित छन् ।
ताडी गाउंपालिकाको पहलमा एउटा माध्यमिक विद्यालय र ५ आधारभूत विद्यालयमा अध्ययनरत ८ सय ८६ विद्यार्थीलाई विद्यालय पोशाक उपलब्ध गराइएको छ । कार्यक्रममा ग्यापका अध्यक्ष शान्तमान तामाङ र उपाध्यक्ष सञ्जु प्याकुरेल श्रेष्ठले विद्यालय पुगेर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्र्याकसुट र टिसर्ट हस्तान्तरण गरेका थिए ।
जाडोमा विद्यार्थीलाई न्यानो राख्न र पढाइप्रति सचेत गराउने उद्देश्यले गापाको पहलमा सबै विद्यार्थीलाई उपलब्ध पोशाक वितरण गरिएको हो । सुन्दरादेवी माविका २७० विद्यार्थी, नवप्रभात आधारभूत विद्यालयका ३० विद्यार्थी, ध्रुवज्योति आधारभूत विद्यालयका ६१ विद्यार्थी, पञ्चकन्या आधारभूत विद्यालयका १३० विद्यार्थी, चिलौने आधारभूत विद्यालयका १ सय ७० विद्यार्थी गरी ८ सय ८६ विद्यार्थीलाई पोसाक वितरण गरिएको ताडीगापाका उपाध्यक्ष सञ्जु प्याकुरेल श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा अन्य पदाधिकारी वन्दिङिमा शेर्पा तथा सम्बन्धित वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक आदिले संयुक्त रुपमा विद्यार्थीहरुलाई पोशाक वितरण गरेका थिए । अध्यक्ष शान्तमान तामाङले पोसाक वितरणबाट विद्यार्थी उत्साहित भएको र ग्यापलाई निरन्तर सहयोग गर्ने बताए ।
उपाध्यक्ष सञ्जु प्याकुरेलश्रेष्ठका अनुसार ग्रामीण बेगमका विद्यार्थी विद्यालय पोशाक पाएपछि निकै खुसी भएकाले यसलाई निरन्तरता दिनुपर्ने बताए । वर्दी प्राप्त गर्ने ९०० विद्यार्थीमध्ये अधिकांश आदिवासी समुदायका छन् ।
श्रोत anapurna











