काठमाडोँ, पुस २० गते ।
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।केहीबेरअघि सुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालय चासलमा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
यसअघि एमालेले सबै प्रदेशलाई उम्मेदवार सिफारिस गरेर पठाउन भनेको थियो । केन्द्रको निर्देशनअनुसार प्रदेशबाट सिफारिस र पठाएको नाममा छलफल गरेर एमालेले उम्मेदवार मनोनयन गर्नेछ । एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनको समन्वयका लागि सत्तारुढ गठबन्धनसँग पनि छलफल गरिरहेको छ ।
माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माघ १३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । ५९ सदस्यीय राष्ट्रियसभाका २० सदस्यको म्याद फागुन २० गते सकिँदै गएपछि निर्वाचन हुन लागेको हो ।
श्रोत रातोपाटि











