ए सरकार पानी दे


काठमाडौं, पुस २० गते ।

मेलम्चीको पानी काठमाडौंमा ल्याएर वितरण गर्नुपर्ने माग गर्दै उपत्यका संघर्ष समितिले आज पाटन दरबार क्षेत्रमा प्रदर्शन गरेको छ ।

काठमाडौं उपत्यका मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी ल्याउन कुनै पहल नगरेको भन्दै उपभोक्ताले संघर्ष समिति बनाएर एक महिनादेखि लगातार आन्दोलन गरिरहेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका उनीहरुले आज पाटन दरबार क्षेत्रमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा रीता गाग्रीलगायत विभिन्न नारा लेखिएका पोस्टर, प्लेकार्ड बोकेर प्रदर्शनमा उपभोक्ता सहभागी भएका थिए । मेलम्ची राष्ट्रिय गौरवको आयोजना भए पनि सरकारले आयोजना पूरा नगरेको संघर्ष समितिले जनाएको छ ।

मनसुन सुरु हुनुअघि मेलम्चीको सुरुङमार्ग बन्द गरेर खानेपानी अवरुद्ध भएको थियो । मनसुन सकिएको लामो समय भइसक्दा पनि मेलम्चीको पानी काठमाडौं ल्याउन सकेको छैन । जसका कारण काठमाडौंका उपभोक्ताले खानेपानीको समस्या भोगिरहेका छन् । सरकारले मेलम्चीको पानी माघको पहिलो साता काठमाडौं ल्याउने जनाएको छ ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको