काठमाडौँ, पुस ११ गते ।
काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १६० रन बनायो । एपीएफका लागि राजामती ऐरीले सर्वाधिक ६७ रनको योगदान दिएकी थिइन् । उनले ५५ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६७ रन बनाइन् ।
त्यस्तै ममता चौधरीले ६२ रन बनाइन् । उनले सोही ५५ बल खेल्दै ८ चौकाको मद्दतले ६२ रन बनाइन् । रोमा थापाले अविजित १४ रन बनाइन् । बलिङमा कर्णाली प्रदेशकी तृष्णा विश्वकर्माले एक विकेट लिन सकिन् । कर्णाली प्रदेशले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
श्रोत रासस











