प्रधानमन्त्री प्रचण्ड यहि मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडौँ, पुस ९ गते ।

मंगलबार राष्ट्रका नाममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दिउँसो ३ बजे मंगलबार सम्बोधन कार्यक्रम निश्चित गरिएको छ ।

सरकार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन् । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ माघ १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

यसअघि प्रचण्ड २०६४ र २०७४ मा पनि प्रधानमन्त्री बनेका थिए ।

वर्तमान सरकारले जनताको अपेक्षाअनुरुप काम गर्न नसकेको प्रधानमन्त्री प्रचण्ड आफैं स्वीकार गर्दै अहिले नयाँ ढंगले काम गर्ने सार्वजनिक घोषणा गर्दै आएका छन् ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको