प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीसँग बागमती प्रदेश पराजित


काठमाडौँ(रासस), पुस ६ गते । मा

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले वाग्मती प्रदेशलाई ८ विकेटले पराजित गरेको छ ।

वाग्मतीले कोशी प्रदेशलाई जितका लागि ८८ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा कोशी प्रदेशले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। कोशीको जितमा काजल श्रेष्ठले सर्वाधिक ४१ रनको योगदान दिएकी थिइन् । उनले ५१ बल खेल्दै तीन चौका र एक छक्काको सहयोगमा ४१ रन बनाएकि थिइन् ।

कोशी प्रदेशकी अर्की खेलाडी अप्सरी बेगमले पनि ४१ रन बनाइन् । उनले ५४ बलमा चार चौका र एक छक्काको मद्दतले ४१ रन बनाएकी हुन् । कप्तान रुविना क्षेत्रीले दुई रन बनाइन् । बलिङतर्फ वाग्मतीका संस्कृति फुयाँल र सोनी पाख्रिनले एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रन बनाएको थियो ।

बागमतीका लागि यशोदा विष्टले सर्वाधिक ४१ रन जोडिन् । उनले ५४ बल खेल्दै ४ चौकाको मद्दतले ४१ रन बनाइन् । त्यसैगरी अस्मिना कामचार्यले २४ रन बनाइन् । यसबाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कञ्चन श्रेष्ठले ८ रन जोडे भने सोनी पाख्रिन र खुशी डंगोलले ३–३ रन जोडे ।

बलिङतर्फ कोशी क्षेत्रकी अप्सरी बेगम र सबनम राईले २–२ विकेट लिए भने संगीता राईले एक विकेट लिए । यो जितसँगै कोशी क्षेत्रले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । हिजो भएको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको थियो । अर्कोतर्फ वाग्मतीको यो पहिलो हार हो । हिजो भएको खेलमा बागमतीले मधेस प्रदेशलाई पराजित गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको