निजी लगानीमा मन्दिर निर्माण


मनहरी(रासस), पुस ५ गते ।

हेटौंडाका एक समाजसेवीले डेढ करोडको लगानीमा मन्दिर बनाएका छन् । हेटौंडा उपमहानगरपालिका–७ निवासी दलबहादुर खड्काले सोही वडाको नागस्वती चोकमा वनदेवी र राधाकृष्ण मन्दिर निर्माण गर्नुभएको हो ।

१७ वर्ष तरकारी घिउ उद्योगमा काम गरेका खड्काले २० वर्षदेखि पोल्ट्री व्यवसाय सञ्चालन गर्नुभयो । व्यावसायिक कुखुरापालनका क्रममा उनी देशकै सबैभन्दा ठूलो दाना बिक्रेता बन्नुभएको र बाल्यकालदेखि नै धार्मिक धर्मकर्ममा लाग्नुभएको हो । भगवानको सेवा गरेपछि आशीर्वाद मिल्ने भएकाले निजी लगानीमा मन्दिर बनाएको उहाँले (राससलाई) बताउनुभयो ।

व्यवसायबाट मनग्य आम्दानी गर्नुभएका खड्काले सामाजिक काम गर्न सके भावी पुस्ताले सम्झिने उहाँको भनाइ छ । ५० लाखको योजनामा ​​मन्दिर निर्माणको थालनी गरेका खड्काले काम गर्दा एक करोड ५० लाख खर्च भएको बताउनुभयो । वडा कार्यालयको स्वामित्वमा रहेको सार्वजनिक जग्गामा मन्दिर निर्माण गरिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको