काठमाडौँ(रासस), पुस ४ गते ।
नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाएर ठगी गरेको आरोपमा दुई वैदेशिक रोजगार व्यवसायी (मेनपावर अपरेटर) पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीका लागि साउदी अरब पठाएर ठगी गरेको आरोपमा काठमाडौंको पुरानो बानेश्वरस्थित ओसो रिक्रूटिङ म्यानपावरका सञ्चालकसहित दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्ने ४२ वर्षीय लक्ष्मण विश्व र जिल्ला काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–१० का ४० वर्षीय सोफी मल्ल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले‘ दिनुभयो ।
उहाँका अनुसार ओमबाबु साहलाई निजहरूले साउदी अरेबिया पठाइदिने भन्दै रु एक लाख २५ हजार रकम लिई सम्पर्कविहीन भएपछि पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।











