बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग


बाँके(रासस), पुस ३ गते ।

थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले बाँकेमा थारु सङ्ग्रहालय निर्माण गर्न आग्रह गरिएको छ । थारु समुदायका अगुवाहरूले वैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय निर्माण गर्न नगरपालिकालाई आग्रह गरेका छन् ।

थारु अगुवा चन्तराम थारुले गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीलाई भेटेर थारु सङ्ग्रहालयको महत्वबारे जानकारी गराउनुभयो । उहाँले वैजनाथ ५ चमनियामा रहेको जनप्रतिभा सामुदायिक वनको भूमि सङ्ग्रहालय निर्माण गर्न माग गर्नुभयो । सङ्ग्रहालयलाई नगरपालिका स्तरको प्राथमिकतामा राखिएको आयोजनाको सूचीमा राखेर निर्माणका लागि नगरपालिकाबाट बहुवर्षीय बजेटको व्यवस्था गर्न माग गरिएको छ ।

नेता थारुले नयाँ पुस्तालाई हस्तान्तरण गर्ने ठाउँका रूपमा थारु सङ्ग्रहालय निर्माण गरी अन्य पर्यटन गतिविधिमार्फत स्थानीय तहमा रोजगारीको अवसर सिर्जना गर्न माग रहेको बताउनुभयो । बैजनाथ गाउँपालिकामा कुल जनसंख्याको ३८ प्रतिशत थारु समुदायको छन् । थारु सङ्ग्रहालय निर्माणका लागि स्थानीय जनप्रतिभा सामुदायिक वन उपभोक्ता समूहले ६ बिघा जग्गा उपलब्ध गराइसकेको छ । गाउँपालिका अध्यक्ष शाहीले चालु आर्थिक वर्ष २०८०-८१ मा थारु सङ्ग्रहालय निर्माणको प्रतिवेदन प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता व्यक्त जनाउनुभयो । उहाँले भन्नुभयो,“ ूसंग्रहालयको प्रतिवेदन तयार भएपछि बजेट आउने निश्चित हुन्छ, प्रतिवेदन तयार गर्ने प्रयास गर्नेछु।

यसैगरी अध्यक्ष शाहीले थारु समुदायको ‘बरघर ऐन’ पनि आफ्नो कार्यकालमा बन्ने बताउनुभयो । उहाँले ‘शहीद’ वैजनाथ थारुको सम्मानमा गाउँपालिका नामाकरण गरिएको स्पष्ट गर्दै स्थानीय सरकारले थारु समुदायलाई हरेक कार्यक्रममा समावेश गरेको उनले बताउनुभयो । थारु समुदायको खाना, कला, संस्कृति, वेशभूषा र इतिहासलाई जोगाउन सङ्ग्रहालय निर्माण गर्नुपर्ने गाउँपालिकाको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको