कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्ने नेतृत्व चाहिएको छ : महामन्त्री शर्मा


गण्डकी (रासस), मङ्सिर ३० गते।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई नयाँ चुनौतिको सामना गर्न सक्ने नेता आवश्यक रहेको बताउनुभएको छ ।

कांग्रेसको गलकोट नगर समितिले आज बागलुङको गलकोटमा आयोजना गरेको स्वागत समारोहमा उनले दुई वर्षपछि हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताउनुभयो ।

‘फागुनमा हुने महाधिवेशनले पार्टीलाई मार्गदर्शन गर्नेछ, आगामी महाधिवेशनले नयाँ ऊर्जासहित नेतृत्व ल्याउनेछ’, महामन्त्री शर्माले भन्नुभयो, ‘पुरानो भावना र नयाँ विश्वाससहितको काँग्रेस मुलुकलाई चाहिएको छ ।

उहाँले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वले कमजोरी सच्याई देश र जनताको हितमा लाग्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री शर्माले अब देशलाई विकास मात्र होइन गुणस्तरीय विकासको खाँचो रहेको बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको