‘सगरमाथा टेक फेष्ट’ मङ्सिर २९ देखि


काठमाडौँ (रासस), मङ्सिर २७ गते।

सगरमाथा इन्जिनियरिङ कलेज र सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी ललितपुरले प्राविधिक प्रेमी, प्राविधिक तथा प्राविधिक विषयमा अध्ययन गर्ने विभिन्न तहका विद्यार्थीलाई सहभागी गराएर प्रविधिको क्षेत्रमा थप परिष्कृत गर्ने उद्देश्यले ‘सगरमाथा टेक फेस्ट २०२३’ आयोजना गर्न लागेको हो।

पैसाको निम्ति
प्राविधिक विद्यार्थीहरूको अनुसन्धान र रचनात्मक कार्यको भेलाको रूपमा आयोजना गरिएको दोस्रो संस्करणको यो मेला यही पुस २९, ३० गतेदेखि आगामी डिसेम्बर १ गतेसम्म सञ्चालन हुनेछ मेलाको जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका प्रिन्सिपल रमेश श्रेष्ठले विद्यार्थीलाई आफूले सिकेको शिक्षा र सीपको प्रदर्शनी गरी नवीनतम सीप मूल्याङ्कन गराउन यस मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘सामुहिक सहकार्य र ज्ञान र चेतनाको आदानप्रदानबाट आजको ‘कनेक्टिभिटी’ युगमा प्रविधिको मागलाई सम्बोधन गर्न यो मेला आयोजना गरिएको हो । सन् २०१९ मा भएको ‘सगरमाथा टेक फेस्ट’को पहिलो संस्करणमा पाँच हजारभन्दा बढीको सहभागिता रहेको बताइएको छ ।

प्राविधिक शिक्षाको व्यावहारिक ज्ञान र अभ्यासलाई मौलिक रूपमा प्रस्तुत गर्न कलेजमा विद्यार्थी संघ र क्लबहरू सक्रिय छन् । यी क्लबहरूले समय(समयमा आफ्ना विषयहरूमा कार्यक्रमहरू पनि प्रस्तुत गर्छन्।

यस्ता छन् ‘सगरमाथा टेक फेस्ट’को आकर्षण

विज्ञान, प्रविधि र इन्जिनियरिङको आकर्षक मेला हुने यस फेस्टमा विभिन्न प्रविधि उन्मुख र प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गरिने टेक फेस्ट आयोजक समितिका संयोजक सहप्राध्यापक सुबोध शर्मा गौतमले जानकारी दिनुभयो । कम्प्युटर, इलेक्ट्रोनिक्स, सिभिल र सिएसआई टि र विसिएलगायतका विभिन्न संकायहरूले आफ्नो क्षेत्रको विशेषता झल्काउने विभिन्न कार्यक्रमहरू आयोजना गर्नेछन् । कार्यक्रममा परियोजना कार्यान्वयन, रोबो सकर, ब्याटल बोट, ह्याकाथन, पेपर ब्रिज, ड्राफ्टिङ अभ्यास, इन्जिनियरिङ क्विज, रिभर्स इन्जिनियरिङ र कम्प्युटेसनल प्रोग्रामिङ आदि हुनेछन् ।

देशमा छरिएर रहेका विभिन्न प्रतिभालाई उजागर गर्ने र त्यस्ता प्रतियोगिताहरु मार्फत कला र सीपमा आधारित ज्ञानको प्रवर्द्धन गर्ने यस महोत्सवको उद्देश्य रहेको छ । प्रदर्शनीमा सहभागीहरुले प्राविधिक सीप र विज्ञान प्रदर्शनी अवलोकन गर्न सक्ने बताइएको छ । ई(खेल र अन्य मनोरन्जन खेलहरू खेल प्रेमीहरूको लागि पनि उपलब्ध छन्।पत्रकार सम्मेलनमा विभिन्न ‘जब फेस्ट’ कम्पनीले प्रदर्शनी हल समेत आयोजना गर्ने र यसबाट विद्यार्थी र कम्पनीरउद्योगबीच व्यावसायिक सम्बन्ध पनि निर्माण हुने जानकारी दिइयो ।

त्यसैगरी फेस्टमा सफ्टवेयर फेलोसिप, प्रस्तुति कार्यशाला, बिजनेश मोडल क्यानभास, ड्रोन वर्कसप लगायतका विभिन्न कार्यशाला तथा तालिमहरु हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको