सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह


काठमाडौँ (रासस), मङ्सिर २७ गते।

वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारी दिन विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार नेपालबाट इजरायलको दीर्घकालीन हेरचाह केन्द्रमा सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली कामदारलाई इजरायलको कृषि क्षेत्रमा लैजाने विषयमा इजरायलसँग छलफल भए पनि यस विषयमा कुनै निर्णय हुन सकेको छैन । वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना प्रकाशित गरी कृषि क्षेत्रको ‘सिक्नुहोस् र कमाउनुहोस्’ कार्यक्रम र अन्य क्षेत्रमा रोजगारीका अवसरमा ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

यस्तो सूचना र गिरोहको प्रलोभनमा नपर्न यस प्रकारको ठगीका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ । इजरायलका विभिन्न क्षेत्रका व्यक्ति तथा समूह सूचना विभागमा गैरकानुनी रूपमा रकम उठाउन आएकाले सचेत रहन आग्रह गरिएको प्रवक्ता तथा सूचना अधिकारी उप्रेतीले राससलाई जानकारि दिनुभयो ।

उहाँले भन्नुभयो, ‘इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाएर पैसा मागेको सूचना प्राप्त भएको छ, हामीले अनुसन्धान गरिरहेका छौँ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको