कांग्रेस कार्यसम्पादन समितिको बैठक यहि मङ्सिर २९ गते


काठमाडौँ (रासस), मङ्सिर २५ गते।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर २९ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा शुक्रबार दिउँसो १२ः१५ बजे बस्ने बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

निर्देशन अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको