राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक


काठमाडौँ (रासस), मङ्सिर २१ गते।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको नियमावली–२०८० मस्यौदा समितिमा पठाएर रायसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तह र सबै तहमा उत्सवका रुपमा मनाउने निर्णय गरेको हो । बैठकले आगामी राष्ट्रियसभा निर्वाचनमा राप्रपा सहभागी हुने र त्यसका लागि आवश्यक सहयोग जुटाउन अन्य दलसँग पनि संवाद गर्ने र वरिष्ठ नेता उपाध्यक्ष विसे तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको राजनीतिक विभाग, प्रचार विभाग प्रमुख।

उहाँका अनुसार आगामी मंसिरमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरणका लागि बैठकले पार्टीका उपाध्यक्ष हेमजुङ गुरुङलाई जिम्मेवारी दिने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक यही पुस १, २ र ३ गते काठमाडौंमा बस्ने निर्णय छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको