‘हरेक पालिकामा मनोपरार्मदाताको आवश्यकता छ’


रामेछाप (रासस), मङ्सिर २० गते।

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रत्येक नगरपालिकाबाट मनोवैज्ञानिक परामर्शदाता सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, ूस्थानीय तहले कार्यक्रम बनाएर परामर्श सेवाका लागि बजेट विनियोजन गर्नुपर्छ, बजेट अपुग भएमा प्रदेश सरकारले थप सहयोग गर्नेछ।

आज मन्थलीमा तनाव व्यवस्थापन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले तनाव व्यवस्थापन गर्न सहज हुने बताउनु भयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले तनाव व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुका साथै कार्यक्रममा सहभागी सबैलाई व्यवहारिक अभ्यास गराउनुभएको थियो ।उहाँले विगतका दुस्ख बिर्सेर भविष्यको चिन्ता नगर्ने हो भने तनाव कम हुने बताउनुभयो । ‘सरकारी काम सूर्य हो’ भन्ने उखानलाई उल्टाउँदै उनले ‘कर्मनै धर्म’को सिद्धान्तलाई सबै सरकारी कर्मचारीले आत्मसात गरी दिनहुँ काम गरे तनाव आधाले कम हुने बताउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका महाशाखा प्रमुख दीपक न्यौपाने र रामेछाप जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले वाग्मती प्रदेशको आत्महत्याको अवस्था र त्यसका उपायबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा मन्थली अस्पतालका डा समिर क्षेत्रीले अस्पतालमा आउने मानसिक रोगीहरुको अवस्था र उनीहरुलाई गरिएको काउन्सिलिङबारे जानकारी गराउनुभएको थियो ।

यसैबीच मन्त्री श्रेष्ठले संघीय सरकारले प्रदेश सरकारलाई साथ नदिएको आरोप आरोप लगाउनुभएको छ । आज यहाँ आयोजित पत्रकारसँगको अन्तर्वार्ता कार्यक्रममा उनले संघीय सरकारले प्रदेश सरकारलाई चारै हात बाँधेर दौडमा सहभागी हुन बाध्य बनाएको जस्तो भएको बताउनुभयो । कार्यक्रममा उहाँले आवश्यक कानुन, जनशक्ति र भौतिक पूर्वाधारको अभावमा प्रदेश सरकारसँग काम गर्न नसकेको गुनासो गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको