जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान


काठमाडौँ (रासस), मङ्सिर २० गते।

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा मंसिर २५ गते सोमबार बिहान ११ बजे बैठक आह्वान पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँको अनुसार आगामी राष्ट्रियसभाको निर्वाचन, पार्टीको तीन महिने अभियानको समीक्षा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको