बाजुरा (रासस), मङ्सिर १९ गते ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सरकार परिवर्तनको प्रश्न नै नरहेको बताउनु भयोको छ। नेपाल प्रेस युनियन बाजुरा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन र पार्टीमा पनि सरकार परिवर्तनको कुरा नभएको बताए ।
मुख्यमन्त्री शर्माले सरकारका कमजोरीहरुको आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीले गर्नुपर्ने बताउनु भयो। उनले नेपाली कांग्रेसको सरकार सत्तामा हुँदा पनि गलत कामको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री शर्माले सरकारका हरेक गतिविधिको अनुगमन गर्ने र गल्ती भए सचेत गराउने र सहि काममा साथ दिन पछि नहट्ने प्रतिवद्धता व्यक्त जनाउनुभयो।
पार्टीले आयोजना गर्ने महासमितिको बैठक नेतृत्व छनोटको नभई नीति निर्माण सत्र भएको स्पष्ट गर्दै उनले महासमिति बैठकमा नेतृत्व छनोटभन्दा पनि पार्टीका नेताहरुको चासो नीति निर्माण हुनुपर्नेमा जोड दिनुभयो। मुख्यमन्त्री शर्माले भने, ‘मिसन ८४ को चिन्ता लिनु पर्दैन, २०८१–८३ सम्म देशलाई कसरी बनाउने र देशलाई सही बाटोमा कसरी लैजाने भन्ने चिन्ता गर्नुपर्छ।