काठमाडौँ (रासस), मङ्सिर १६ गते।
जिओल्यान्ड ट्राभल्स एण्ड टुर्स प्रालिको युजर आइडी ह्याक गरी दुई एयरलाइन्सको टिकट चोरी गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मस्याङ्दी ट्राभल्स र माउन्टेन हाउसका सञ्चालक ४७ वर्षीय हरिप्रसाद सुवेदी रहेको सिआइबीका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रुगम कुँवरले (रासस) लाई जानकारी दिनुभयो ।
‘उहाँले भन्नुभयो, “जियोल्यान्ड ट्राभल्सको युजर आइडी ह्याक गरी दुईवटा एयरलाइन्सको टिकट चोरी गरेको अभियोगमा सुवेदी पक्राउ परेका छन् । उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात र फौजदारी फाइदा उठाउन नसकेको कसुरमा अनुसन्धान भइरहेको छ ।
यसअघि मंसिर ६ गते सामाखुसीस्थित मस्याङ्दी ट्राभल्सका प्रबन्धक नारायण सुवेदीलाई ब्युरोको टोलीले पक्राउ गरेको थियो । आरोपितले बालुवाटारस्थित जिओल्याण्डको युजर आइडी ह्याक गरी जजिरा र एयर अरेबियाको टिकट चोरेको आरोप छ ।
ब्युरोको अनुसन्धानबाट खुलेको प्रवक्ता कुँवरले बताउनुभयो ह्याकरले पटक–पटक एक करोड ९९ लाख ८२ हजार रकम बराबरको टिकट चोरेको हो। । ‘अहिलेसम्म ३ सय ३७ नेपाली तथा विदेशी नागरिकले अवैध रुपमा टिकट चोरी गरेको पाइएको छ। ‘उहाँले भन्नुभयो ।











