दुर्घटनामा ३६ जना घाइते


दमौली (तनहुँ), मङ्सिर १३ गते।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्। धरानबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट तल खस्दा ३६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा घाइते भएकाको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको