सिर्सिया नदी प्रदुषित गर्ने उद्योगलाई जरिवाना


वीरगञ्ज (पर्सा), कात्तिक २२ गते।

वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदुषण गर्ने उद्योगलाई रु। ३० हजार जरिवाना गरेको छ।

प्रदुषित पानी सिर्सिया नदीमा फालेर फोहरसमेत गरेको भन्दै परवानीपुरस्थित सिद्धि टेक्साइल प्रालिलाई सो जरिवाना गरिएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँले जानकारी दिनुभयो। यसअघि सिर्सिया नदी प्रदुषणमा मुख्य जिम्मेवार देखिएको भन्दै महानगरपालिकाले पाँच उद्योगलाई पटक पटक चेतावनी दिँदा पनि प्रदुषण गर्न नछाडेकाले रु।तीन÷तीन लाखका दरले जरिबाना गरेको थियो।

उद्योगबाट निस्कने रसायनसहितको लेदो तथा फोहोर पानी सोझै नदीमा मिसाउँदा नदी दुर्गन्धित र प्रदुषित भएको थियोे। महानगरको निरन्तर अनुगमनपछि ग्लोबल लेदर, मारुती पल्स एण्ड पेपर, दुर्गा पल्स एण्ड पेपर र सिद्धी टेक्सटायल्सले भने अझै अटेर गरेको भेटिएको महानगरद्वारा गठित सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको