कोशी प्रदेशसभाको बैठक


विराटनगर, कात्तिक २२ गते।
कोशी प्रदेशसभाको आजकोे बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ। प्रदेशसभा नियमावली, २०७४ ९पहिलो संशोधनसमेत०को नियम ९३९१० बमोजिम सो विधेयक बिनाविभागीय मन्त्री शमशेर राईले सदनमा विचार गरियोस्  भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
उक्त विधेयकलाई उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ पेस गर्दा सर्वसम्मत पारित गरिएकाले सैद्धान्तिक छलफलले निरन्तरता पाएको हो। सैद्धान्तिक छलफल सुरु हुनुआगाडि कोशी प्रदेशसभा सदस्य विदुरकमार लिंथेमले विधेयकलाई सैद्धान्तिक छलफलमा लैजानुभन्दा पहिले विषयगत समितिमा छलफल एवं बहस गराउनुपर्ने मागसहित नियमापत्ति गर्नुभएको थियो।
त्यसपछि प्रारम्भ भएको छलफलमा प्रदेशसभा सदस्यहरू प्रदीपकुमार सुनुवार, राजेन्द्र कार्की, गीता तिमल्सेना, किशोरचन्द्र दुलाल, रमेशकुमार बस्नेत, पाँचकर्ण राई र जयप्रकाश चौधरीले सुशासन, स्थानीय प्रशासन र सेवासँग जोडिएको यो विधेयकलाई समृद्ध बनाउन विषयगत समितिमै छलफल हुनुपर्नेमा जोड दिनुभयो।
उहाँहरुले जनतालाई सुशासन दिन, समायोजन भएर आउने कर्मचारीको मनोबल बढाउन र कर्मचारीलाई सेवामा समर्पित रहन विधेयक त्रुटीरहित हुनुपर्ने सुझाव दिनुभएको थियो।
शून्य समय
यसअघि प्रारम्भ भएको शून्य समयमा मुलुकको समसामयिक विषयमा प्रदेशसभा सदस्यहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो। यसरी बोल्नेहरूमा अम्बरबहादुर विष्ट, इन्दिरा थापा, गोपाल रिजाल, इस्राईल मन्सुरी, गोम्बू शेर्पा, डोल्मा तामाङ, नारायणबहादुर मगर, रोहितबहादुर कार्की र होमबहादुर थापा हुनुहुन्थ्यो।
विषयगत समितिमा सदस्यहरु मनोनयन
यसैबीच उपसभामुख दनुवारले दस महिनापछि प्रदेशसभाको विभिन्न विषयगत समितिमा मनोयन गरिएका सदस्यहरुको नाम सार्वजनिक गर्नुभयो। न्याय प्रशासन तथा विधायन समितिमा १२, सुशासन तथा योजना समितिमा १५, अर्थ समितिमा १३, सार्वजनिक लेखा समितिमा ११, सामाजिक विकास समितिमा १२, उद्योग, पर्यटन तथा वातावरण समितिमा १३ र प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा १२ जनालाई मनोनयन गरिएको थियोे।
प्रदेशसभा नियमावली, २०७४ ९पहिलो संशोधनसमेत० को नियम १३३ बमोजिम ती  समितिमा सदस्यहरुलाई मनोनयन गरिएको हो। प्रदेशसभाको अर्को बैठक भोलि बिहीबार बिहान  ११ बजे बस्ने छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको