भूकम्पका घाइतेका लागि रगत सङ्कलन


जानकी (बाँके), कात्तिक १८ गते।

जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि रगत सङ्कलन गरिएको छ। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेमा हालसम्म ४३ जनाले रक्तदान गरेका छन्।

बिरामीलाई रगतको अभाव हुन नदिनका लागि रगत सङ्कलन गरिएको रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो। उहाँका अनुुसार हालसम्म ४३ जनाले रक्तदान गरेका छन्। घाइते बिरामीलाई आज बिहान ३ बजेदेखि नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार सुरु गरिएको हो।

प्रजिअ श्रवणकुमार पोखरेलका अनुसार २६ जनाको उपचार भइरहेको छ भने एकजनाको मृत्यु भएको छ। जाजरकोटको नलगाड–१ का ३३ वर्षीय टेकबहादुर पुनको उपचारका लागि अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको